माघ १८, २०८२ आइतबार | १२:५७:४९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सुदूरपश्चिमको लगातार दोस्रो जित

लुम्बिनीविरुद्ध अर्धशतक प्रहार गरेकी कविता कुँवर, तस्विरः क्यान ।

काठमाडौं । कविता कुँवरको उत्कृष्ट प्रदर्शनप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध ७५ रनको सहज जित दर्ता गर्यो ।

जितसँगै सुदूरपश्चिमले दुई खेलमा चार अंक जोडेको छ । लुम्बिनीले हारबाट प्रपितयोगिताको सुरुआत गरेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रनमै समेटियो ।

लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि रेवाती धामीले तीन, आशिका महराले दुई तथा कविता कुँवर,करिश्मा थापा, ऋतु कनौजिया र जानकी थापाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि कविता कुँवरले ३३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान दिइन् । यसैगरी मनिषा बोहराले २३ र ऋतु कनौजियाले अविजित १८ रन बनाए ।

लुम्बिनीका लागि सरस्वती पुनले तीन तथा सम्झना मगर र मधु डिसीले समान एक विकेट लिए ।

बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशविरुद्ध आठ विकेट जित दर्ता गर्यो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।