चैत्र १०, २०८२ मंगलबार | १७:३५:१९
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

भ्याली पब्लिक तीनै विधाको सेमिफाइनलमा

ग्रिनल्यान्ड र एलआरआइ (नीलो) का खेलाडी प्रतिस्पर्धा गर्दै।

काठमाडौं । भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक भ्याली पब्लिक तीनै विधाको सेमिफाइलमा प्रवेश गरेको छ ।

शनिबार भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगे । भ्याली पब्लिक ‘ए’ले यसअघि नै सिनियर गर्ल्सको सेमिफाइनलमा स्थान बनाइसकेको थियो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले जिनियस वर्ल्डलाई ४५-२९ ले पराजित गर्यो  
यही स्पर्धामा टिआइएले किङडमलाई ६३-४७, गोल्डेनपिकले गेटवेलाई ६४-५५ र ग्रिनल्यान्डले एलआरआइलाई ५८-२३ ले पराजित गर्दै सेमिफाइला प्रवेश गरे ।  

भ्याली पब्लिकका सुनिल पौडेलले २०, टिआइएका कृष ओलीले १९, गोल्डेनपिकका विजय तामाङले २५ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १७ अंक जोडे ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३८-१९ ले निरास बनायो ।

यही स्पर्धामा त्रिज्योतिले ग्रिनल्यान्डलाई ३१-१८, एन्जल्स हार्टले सत्यसाइलाई ३५-२९ र गोल्डेनपिकले किङडमलाई ३९-२८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

भ्याली पब्लिकका अशोक विश्वकर्माले २२, त्रिज्योतिका फिन्जु शेर्पाले १२, एन्जल्स हार्टका रुपेश पौडेलले २१ र गोल्डेनपिकका अनमोल राईले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा टिआइएले भ्याली पब्लिक ‘बी’ लाई २१-१६ तथा एलआरआइले हिमरश्मिलाई ९–७ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

टिआइएकी अर्जिला शाहीले ९ तथा एलआरआइकी रिदम भुजेलले तीन अंक बटुले । भ्याली पब्लिक ‘ए’ संगै ग्रिनल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो