माघ २, २०८१ बुधबार | १७:३१:१५
पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

एमआइएस कपः ज्ञानोदय र चाँदबागलाई स्वर्ण

काठमाडौं । एमआइएस कप अन्तरविद्यालय खेलकुद प्रतियोगितामा बास्केटबलतर्फ ज्ञानोदय र चाँदबागले स्वर्ण पदक जितेका छन् ।

मोर्डन इन्डियन स्कुल (एमआइएस) को आयोजनामा बुधबार सम्पन्न प्रतियोगितामा ज्ञानोदय ब्वाइज तथा चाँदबाग गर्ल्समा च्याम्पियन बने ।

ब्वाइज फाइनलमा ज्ञानोदयले आयोजक एमआइएसलाई ३०-२४ ले पराजित गर्यो । यसैगरी गर्ल्स फाइनलमा चाँदबागले त्रियोगलाई ११-८ ले हरायो ।

फुटसलमा डिएभीले एमआइएसलाई ५-० ले पराजित गर्दै स्वर्ण  जित्यो । क्रिकेटमा डिएभीले एमआइएसलाई १८ रनले पराजित गर्दै स्वर्ण पदक हात पार्यो ।

यसैगरी मंगलबार सम्पन्न टेबलटेनिसतर्फ डिएभीले ब्वाइज तथा एमआइएसले गर्ल्स टिम इभेन्टमा स्वर्ण जितेका थिए ।  

ब्वाइजको फाइनलमा डिएभीले एमआइएसलाई ३-१ तथा गर्ल्सको फाइनलमा एमआइएसले डिएभीलाई ३-२ को सेटमा हराए ।

यस्तै चेसको ब्वाइजमा त्रियोगका आवाश रिमाललाई हराउँदै एमआइएसका आशिष गुप्ताले स्वर्ण पदक हात पारे ।

ब्याडमिन्टको ब्वाइजमा एमआइएसका प्रिन्सकुमार शाह र गर्ल्समा त्रियोगकी ज्योति श्रेष्ठले स्वर्ण पदक जिते । प्रिन्सले ज्ञानोदयका श्रीशराज प्रधान र ज्योतिले डिएभीकी निभा थापालाई हराए ।

प्रतियोगितामा चाँदबाग, ज्ञानोदय, रुपिस, आलोक विद्याश्रम, डिएभी स्कुल, त्रियोग, केन्द्रीय विद्यालय र आयोजक एमआइएसको सहभागीता थियो ।  

 करिब ७००विद्यार्थीले ६ खेलमा प्रतिस्पर्धा गरेका थिए । जसमा बास्केटबल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस र चेस समावेश थियो । 

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO