चैत्र २०, २०८१ बुधबार | १५:१३:२८
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

श्रमिक कप ब्याडमिन्टनः उमेश र सोमालाई स्वर्ण

सांकेतिक तस्बिर

त्रिपुरेश्वर ।  उमेश धिताल र सोमा गुरुङले जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको खुला एकलमामा शनिबार स्वर्ण जितेका छन् । उमेश पुरुष तथा सोमा महिलातर्फ च्याम्यिन बनेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशद्धारा आयोजित प्रतियोगिताको पुरुषमा टक्कर कुँवर दोश्रो तथा दिनेश केसी र रेवती कार्की तेश्रो भए । महिलामा पूजा राई दोश्रो तथा भावना राई र शर्मिला केसी तेश्रो बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान पुरुष ४५ वर्षमाथि एकलमामा रामसिंह तामाङले स्वर्ण, लेखनाथ पराजुलीले रजत तथा प्रजापति दाहाल र रामविनय श्रेष्ठले कांस्य पदक जिते ।

पुरुष युगलमा उमेश धिताल/दिनेश केसीको जोडी, शोभाकर भण्डारी/चन्द्रबहादुर पाण्डेको जोडी तथा टक्कर कुँवर/बसन्त थापा र राजेश तुम्सिङ मगर/श्याम थापाको जोडी शीर्ष तीनमा रहे । 

मिक्स डबल्समा उमेश धिताल/शर्मिला केसीको जोडी पहिलो, दिनेश केसी/पूजा राईको जोडी दोश्रो तथा केवल बानियाँ/सोमा गुरुङ र दीपबहादुर सिंह/रेखा अधिकारीको जोडी तेश्रो स्थानमा रहे । 

सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुँवर, आयोजक नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईलगायतले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा ७६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।