वैशाख २६, २०८२ शुक्रबार | १६:४६:००
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

साइक्लिङमा दुई स्वर्णका साथ आर्मी अगाडि

पोखरा । बागमतीकी लक्ष्मी मगरले आइतबार नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा स्वर्ण पदक जितेकी छिन् । मगरले तीन वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन ।

पोखराको रानीबनमा जारी साइक्लिङ प्रतियोगिताअन्तर्गत महिलाको १५ किलोमिटर दुरी एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उशा खनालले रजत पदक जितिन । उशाले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गरेकी थिइन । त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ)की हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको टाइमिङका साथ कांस्य पदक जिते ।

आजै पुरुषतर्फ १९ किलोमिटरको दुरी एपिएफका सुरज राना मगरले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा सागको ट्रायथलनमा स्वर्ण पदक विजेता आर्मीका हिमाल टमाटा रजत पदकमा सीमित भए । उनले १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरेका थिए । यसैगरी एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर कांस्य पदक जिते ।

प्रतियोगिताअन्तर्गत हिजो महिला/पुरुष डाउनहिलका खेलहरु सम्पन्न भएका थिए । महिला डाउनहिलमा आर्मीकी गृष्मा श्रेष्ठले स्वर्ण, आर्मीकै उशा खनालले रजत तथा गण्डकीकी जमुना थापाले कांस्य पदक जितेका थिए । यसैगरी पुरुष डाउनहिलमा आर्मीका राजेश मल्लले स्वर्ण, बागमतीका निरभ श्रेष्ठले रजत तथा एपिएफका प्रतिक थापा मगरले कांस्य पदक जितेका थिए ।

साइक्लिङका कुल आठ स्वर्ण पदकमध्ये चारवटाको छिनोफानो भइसकेको छ भने बाँकी चार पदकका लागि मंगलबार र बुधबार खेल हुनेछन् । तालिकाअनुसार मंगलबार महिला र पुरुष दुवैको व्यक्तिगत टाइम ट्रायल तथा बुधबार महिला र पुरुष दुवैको रोडरेस हुनेछन् । प्रतियोगितामा सोमबार भने कुनै खेल हुने छैनन् ।

आइतबारसम्म सम्पन्न खेलको नतिजाअनुसार साइक्लिङमा दुई स्वर्ण र तीन रजत पदकका साथ आर्मी सबभन्दा अगाडि छ । एपिएफले एक स्वर्ण तथा तीन कांस्य पदक जित्दै दोस्रो स्थानमा रहँदा बागमती प्रदेशले एक स्वर्ण र एक रजत पदक जितेको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP