प्याराग्लाइडिङ

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु

प्याराग्लाइडिङ खेल । फाइल तस्वीर ।

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार जारी प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १८ स्थित सराङ्कोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको थियो । त्यसै क्रममा आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जमिनमा खसेको थियो ।

त्यो प्याराग्लाइडिङ उडाइरहेका त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा गम्भिर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जन चोकस्थित मेट्रोसिटी अस्पतल ल्याइएकाृे थियो । सोही अस्पतालमा करिब १२: ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।