चैत्र १७, २०८२ मंगलबार | १४:०५:३५
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् ।

सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए ।

महिलातर्फको एलिट विधामा लक्ष्मीले १४०० अंक सहित प्रथम स्थान हासिल गरिन् । १३५० अंक पाएकी उषा खनाल दोस्रो हुँदा इन्द्रकुमारी तामाङले तेस्रो स्थान हासिल गरिन् ।  

दुबै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटारस्थित ढुकु फुटसल हबमा भएको थियो ।

२५० भन्दा बढि स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समुहमा आयोजना भएको थियो ।

प्रतियोगिताको हरेक सात संस्करणलाई सात वटा फरक फरक व्यवसायीक साईक्लीङ संस्थाले आयोजना गरेका थिए । जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटीबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेश तथा ढुकु स्पोर्ट्स हव रहेका थिए ।

यस्तै, जुनियर पुरुष तर्फ राहुल वाईवा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गरेका सुसिम चित्राकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको युथ (१२) तर्फ पूर्णराज तामाङ विजयी भए । मास्टर पुरुष तर्फ टेलर हिवर्व, मास्टर महिला तर्फ गोगी ग्रेवल, भेट्रान (५० माथि) ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुष तर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिलातर्फ निभा श्रेष्ठ र सिनियर पुरुष तर्फ स्टेफन जेम्स किलिङ विजयी भए ।

सात चरणसम्म चलेको प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्वअध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गरे ।

सिरिजका आयोजक एवं राष्ट्रिय साईक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकोले आगामि दिनमा अझै भव्य र परिस्कृत ढंगले अगाडी बढ्ने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो