काठमाडौं, (खेलाडी)- नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउण्डेसन नेपालले हरेक वर्ष प्रदान गर्ने रोड सेफ्टी मिडिया अवार्ड यसपाली अटो नेपाल म्यागजिनलाई प्रदान गरिएको छ ।
विगत १५ वर्ष देखि नेपालको मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाई आइरहेको अटो नेपाललाई रोड सेफ्टी अवार्ड प्रदान गरिएको नासा नेपालले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्रप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउण्डेसन नेपालकी संयोजक भगवती सेढाई, नेसनल एलाइन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलीटीका संयोजक गोविन्द भट्टराईको उपस्थिती थियो । अवार्डका साथै अटो नेपाललाई नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
