चैत्र ८, २०८२ आइतबार | ०३:३७:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी

सांकेतिक तस्विर।

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने ‘नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप’ को तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार विज्ञप्ति जारी प्रतियोगिता कामपा वडा नं। १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो ।

प्रतियोगिता पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताकाे उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीलाई प्रतियोगिताको स्वरुपबारे जानकारी गराइनेछ ।

त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । महिलातर्फ ६ खेलाडी मात्र सहभागि भएकोले सिधै अन्तिम चरणको खेल हुनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरू हुनेछन् ।

अन्तिम चरणपछि विजेता घोषित गरिनेछ । दुवैतर्फका  विजेताले ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार  रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आइएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीको रूपमा इन्डियन माउन्टेनिरिङ फाउन्डेसज (आइएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आएका छन् । उनकै सहयोगमा रुट सेट गरिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वोङ्छु पिक प्रमोसन र अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला छन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो