ट्राययाथलन

लक्जम्बर्गका हेलर च्याम्पियन

काठमाडौं । लक्जम्बर्गका बब हेलर एसियन ट्राययाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेका छन् ।

हेलरले पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित सात सय ५० मिटर पौडी, २० कि.मी.साइक्लिङ र पाँच कि.मी. दौड  ५५ मिनेट ५५ सेकेन्डमा पूरा गरे ।

उज्वेकिस्तानका अलेक्जेन्डर कुरिसोभ ५५ मिनेट ५७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थानमा रहे । लक्जम्बर्गकै स्टेफन जाकियस ५६ मिनेट एक सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।

यसैगरी जापानका कियोटारो योशिकावाले ५६ मिनेट नौ सेकेन्डका चौथौ तथा न्युजिल्यान्डका ओभिर लार्कोम्बेले ५७ मिनेट ५८ सेकेन्डको समाय निकाल्दै पाँचौं स्थान हासिल गरे ।

उपाधी विजेता हेरले मेडल, प्रमाण पत्रका साथ ६ सय ३० अमेरिकी डल प्राप्त गरे । यसैगरी दोश्रो हुनेले पाँच सय २५ डलर, तेश्रो हुनेले चार सय २० डलर, चौथोले तीन सय १५ डलर र पाँचौ हुनेले दुई सय १० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।  ।

फेवातालमा भएको प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अस्ट्रिया, स्लोभाकिया, काजाकिस्तान, अस्ट्रेलिया युएई, प्लोस्टाइन, न्युजिल्यान्ड र भारतका गरि ४७ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए ।