पोखरा । साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल कुमार भलिबल क्लबसँग ३-१ को सेटमा पराजित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछिका ३ सेट २३-२५, २५-२७, १६-२५ ले गुमायो ।
प्रतियोगिताान पुरुषतर्फ नै दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेलमा २ विभागीय टोली नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।
आइतबारै सम्पन्न महिलातर्फको खेलमा आयोजक टाइगर ग्रुपले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २५-१४, २५-११, २५-२१ को जित निकाल्यो ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC