दाङ । घोराहीमा जारी चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि न्यु होराइजन स्पोर्टस क्लब बुटवल र मणीमुकुन्द भलिबल क्लब रुपन्देही भिड्ने भएका छन् ।
शुक्रबार भएका सेमिफाइनलमा न्यु होराइजनले रोयल सिस्ने क्लब रुकुम तथा मणिमुकुन्दले ओली वंश समाज दाङलाई हराए ।
न्यु होराइजनले खेल २६-२४, २३-२५, २५-१९, २५-२० ले आफ्नो पक्षमा पार्यो । अर्को खेलमा मणिमुकुन्द २५-१९, २५-१८, २५-१८ ले विजयी भयो ।
प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
