पोखरा । आयोजक टाइगर ग्रुपले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लबलाई ३-० सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा टाइगर ग्रुपले २५-१४, २५-११, २५-२१ को जित निकाल्यो ।
शनिबार खराब प्रकाशका कारण स्थगित भएकाे खेल आइतबार खेलाइएको थियो ।
प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पहिलो खेलमा साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लब र भारतको सुनिल कुमार भलिबल क्लब भिड्ने छन् ।
दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेलमा २ विभागीय टाेली नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC