काठमाडौं । पूर्व विश्व नम्बर एक सिमोना हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भएकी छन् ।
छनोटका लागि ‘वाइल्ड कार्ड’ प्राप्त गरे पनि हालेपले चोटका कारण नाम फिर्ता लिएकी हुन् । दुबईमा प्रदर्शनी खेलका दौरान हालेपको घुँडा र काँधमा समस्या देखिएको थियो ।
३३ वर्षीय रोमानियाकी हालेपमाथि लागाइएको चार वर्षको डोपिङ प्रतिबन्ध यस वर्ष घटाएर ९ महिना मात्र बनाइएको थियो।
‘टोलीसँगको छलफलपछि मैले अस्ट्रेलियन ओपन छनोट नखेल्ने निर्णय लिएको छु । यो निकै कठिन थियो तर खेलभन्दा पहिला आफ्नो स्वास्थ्य आउँछ, हालेपले भनेकी छन् ।
अस्ट्रेलियन ओपनको छनोट जनवरी ६ देखि ९ सम्म हुनेछ । यसैगरी मुख्य प्रतियोगिता जनवरी १२ मा सुरु हुनेछ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।