काठमाडौं । पूर्व विश्व नम्बर एक सिमोना हालेपले अस्ट्रेलियन ओपन अस्ट्रेलियन ओपन छनोटका लागि ‘वाइल्ड कार्ड’ प्राप्त गरेकी छन् ।
३३ वर्षीय रोमानियाकी हालेपमाथि लागाइएको चार वर्षको डोपिङ प्रतिबन्ध यस वर्ष घटाएर ९ महिना मात्र बनाइएको थियो।
पूर्व फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन हालेप विश्व वरीयतामा हाल ८७७ औं स्थानमा छन् । उनले पछिल्लो पटक सन् २०२२ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् ।
‘म सन् २०२५ सिजनको लागि तयार हुन कडा मेहनत गरिरहेको छु,’ हालेपले भनिन् ,‘अस्ट्रेलियन ओपनले मेरो करिअरका केही उत्कृष्ट क्षण प्रदान गरेको छ, त्यसैले म मेलबर्नमा समर्थकका अगाडि खेल्न निकै उत्साहित छु ।’
अस्ट्रेलियन ओपनको छनोट जनवरी ६ देखि ९ सम्म हुनेछ । यसैगरी मुख्य प्रतियोगिता जनवरी १२ मा सुरु हुनेछ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।