चैत्र २०, २०८१ बुधबार | १५:०६:२४
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

आश्रव्य र मार्टा च्याम्पियन

प्रतियोगिताको विजेता र उपविजेता ।

पोखरा । आइटिएफ जे ३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट-२ मा भारतका आश्रव्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा आश्रव्यले ब्वाइज र मार्टाले गर्ल्स सिंग्ल्सको उपाधि जिते ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आश्रव्यले नेपालका आरभसम्राट हाडालाई ६-३, ६-४ को सोझो सेटमा पराजित गरे । मार्टाले पनि नेपालकै शिभाली गुरुङलाई ६-३, ६-२ ले निरास बनाइन् ।

प्रतियोगिताका विजेता तथा उपविजेलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापा, सल्लाहकार गोपीबहादुर भट्टराई, सदस्य प्रिती बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरामा सर्किट १ र सर्किट २ गरी करिब दुई साता सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश र दक्षिण कोरियाका गरि १० देशका १०५ भन्दा बढि खेलाडीले सहभागिता जनाएका थिए । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।