कार्तिक २९, २०८२ शनिबार | ००:२१:४५
कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर

नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने

काठमाडौं । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर(टिडिसी)ले साउन १७ गते देखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा विद्यालय तहका विभिन्न टोलीको सहभागिता रहनेछ। नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा नपाएको अवस्थालाई मध्यनजर गर्दै लिग सञ्चालनको तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयको यु-१८  टोलीको सहभागिता रहनेछ। लिग प्रणालीमा आयोजना गरिने प्रतियोगिता राउण्ड रोबिन लिग चरणमा सम्पन्न गरिनेछ । जसबाट शीर्ष चार स्कुलले प्लेअफ चरण खेल्ने छन् ।

जेम्स स्कुल (जेम्स ठन्डर बोल्डट्स), डिएभी स्कुल (सुपर डाफेज), कान्जिरोवा वर्ल्ड स्कुल (केडब्लुएस लुखुग एफसी), कान्जिरोवा स्कुल (एफसी माउण्ट कान्जिरोवा), लिटिल एन्जल्स स्कुल (एलए), रातो बंगला स्कुल (रेड पान्डाज), चेल्सी वर्ल्ड स्कुल (चेल्सी फाल्कन्स) र युलेन्स स्कुल (युलेन्स प्यान्थर) ले यो पहिलो संस्करणको को नेपाल स्कुल फुटबल लिग खेल्ने छन् ।

लिगको विजेता टोलीले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, र सर्वाधिक गोलकर्ता लगायतका विधाका उत्कृष्टलाई ५० हजार रुपैयाँ  प्रदान गरिनेछ ।

नगद पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छात्रवृत्ति र अन्य अवसरहरू पनि प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President