चैत्र ५, २०८२ बिहीबार | १९:३९:२९
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

अन्तरविद्यालय बास्केटबलः एन्जल लर्ड र बागमती च्याम्पियन

काठमाडौं । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा सोमबार सम्पन्न प्रतियोगितामा एन्जल लर्डले ब्वाइज तथा बागमतीले गर्ल्सकाे  उपाधि जिते ।

ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९-४२ ले पराजित गर्यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे ।

स्मृति पोखरेलको १६ अंक सहयोगमा गर्ल्सको उपाधि भिडन्तमा बागमतीले पनि नेमोनिकलाई ३७-२५ ले हरायो ।

ब्वाइजमा एन्जल लर्डका समिर मगर र गर्ल्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित  भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गर्ल्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

यस्तै ब्वाइजमा रेनिस लामा र गर्ल्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् । ब्वाइजमा मार्वलस र गर्ल्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप तथा गर्ल्समा विन्सम ‘इमर्जिङ टिम’ बने ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिसिन्सपल रामप्रसाद बडाललगायतले पुरस्कार वितरण गरे । 

भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।