कार्तिक २३, २०८२ आइतबार | १२:३६:५२
हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा

नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने

कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ बिहिबारदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपचारिक सुरुआत त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट हुने जानकारी दियो ।

पत्रकार सम्मेलनमा फिफा फुटबल फर स्कुल्स कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनी, एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।

यो कार्यक्रमबाट विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्नुका साथै देशमा ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

फिफाले युनेस्कोसँगकाे सहकार्यमा विभिन्न देशमा सञ्चालन गर्दै आएको यो कार्यक्रम नेपालमा पहिलो पटक हुन लागेको हो ।

एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ । 

एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने योजना रहेको एन्फाले जनाएको छ । 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।