कार्तिक २९, २०८२ शनिबार | ००:०१:३४
कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने

अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा सम्पन्न प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा धापाखेल, ललितपुरको जेम्स स्कुलले ८४१ फिना अंकसहित पहिलो स्थान हासिल गरेको छ ।

त्यस्तै रवी भवन, काठमाडौंको निसर्ग बाटिका स्कुलले ५६९ फिना अंकसहित दोस्रो र खुमलटार, ललितपुरको प्रिमियर इन्टरनेशनल स्कुलले ३६९ अंकसहित तेस्रो स्थान हासिल गरे ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय स्विमिङ कम्पलेक्समा सम्पन्न दुई दिने प्रतियोगिताको अन्तिम दिन आइतबार फाइनल स्पर्धासहित पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह ललितपुर क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यमा भएको हो ।

विजेता टोली तथा खेलाडीलाई पूर्व स्वास्थ्य राज्यमन्त्री डा.कार्की, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका पूर्व कप्तानरू र अन्य विशिष्ट व्यक्तित्वले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा डा.कार्कीले पौडी सबैले सिक्नुपर्ने खेल रहेको र यसलाई नीति स्तरमा लान आवश्यक सहयोग गर्न तयार रहेको भनाई राखिन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम रहेकाले हरेक नेपाली नागरिकले पौडी सिक्न आवश्यक छ । विद्यार्थी देखि नै पौडीको महत्व सम्झाइनुपर्छ,’ कार्कीले भनिन्, ‘नीतिगत कुरामा पौडी संघसँग सहकार्य गरेर आवश्यक सहयोग गर्न तयार छौं ।’

आइतबार दुई भिन्न खेलकुद संघबीच सद्भाव र भातृत्व अभिवृद्धि गर्ने उद्धेश्यसहित पौडी संघले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरूलाई विशेष सम्मान गरेको थियो ।

अध्यक्ष श्रेष्ठले फुटबलका पूर्व कप्तानहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको र यसले भाइचाराको सम्बन्धलाई बढाउने विश्वास व्यक्त गरे । ‘हामीले नयाँ केही गर्न खोजिरहेका छौं । दिग्गज खेलाडीलाई सम्मान गर्नुपर्छ भन्ने हाम्रो उद्धेश्य हो । चाहे त्यो फुटबल होस् वा अन्य कुनै खेल । यसले विभिन्न खेल संघबीच भातृत्व बढाउन मद्धत गर्नेछ । यो मेरो आत्माले दिएको सम्मान हो । यो एउटा सुरुआत मात्र हो ।’

कार्यक्रममा नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका पूर्व कप्तानहरू क्रमशः गणेश थापा, वसन्त गुरुङ, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राकेश श्रेष्ठ, विराज महर्जन, कमला हिराचन र चन्द्रा भण्डारीको उपस्थिति थियो ।

‘भिन्न संघबाट यसरी सम्मान पाउँदा खुसी लागेको छ । हामी फुटबलमा लागेकाहरु पौडीसंघप्रति कृतज्ञ छौं,’ अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष थापाले भने ।

प्रतियोगितामा ६६ विद्यालयका २५० विद्यार्थीले ५३ स्पर्धामा सहभागिता जनाएका थिए ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President