काठमाडौं । मनास्लु वर्ल्ड स्कुल तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
चावहिलमा बुधबार सम्पन्न फाइनलमा मनास्लुले साविक विजेता एनआइसी एकेडेमीलाई ३-२ ले पराजित गर्यो । मनास्लुलाई जित दिलाउन देविन कार्कीले दुई तथा अभिषेक माझीले एक गोल गरे । एनआइसीका सुनिश्चित सुवेदी र समिर लामाले गोल फर्काए ।
विजेता मनास्लुले ३० हजार र उपविजेता एनआइसीले १५ हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं महानगरपालिका वडा-७ को आयोजना तथा चावहिल स्पोर्टस क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एनआइसीका सुनिश्चित सुवेदी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
एनआइसीकै आर्यब श्रेष्ठ उदीयमान खेलाडी र यसोन थापा मगर उत्कृष्ट गोलरकिपर तथा मनास्लुका देविन कार्की उत्कृष्ट फरवार्ड बने । चारैले जनही २ हजार ५०० रुपैयाँ प्राप्त गरे ।
भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II