काठमाडौं । लुम्बिनी प्रदेशले यु-१६ क्रिकेट प्रतियोगितामा शुक्रबार कर्णाली प्रदेशविरुद्ध आठ विकेटको सहज जित दर्ता गरेको छ ।
दोस्रो जितसँगै तीन खेलमा लुम्बिनीले चार अंक जोडेको छ । पराजित कर्णालीको पनि चार खेलबाट चार अंक नै छ ।
कालिन्चोक क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य लुम्बिनीले १४.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा आरिफ खानल अविजिते ३४, केशव विष्टले अविजित २८ र कप्तान समीर अली मुलसमानले २७ रन बनाए ।
कर्णालीका लागि कप्तान विपिनप्रसाद शर्मा र रोशन शाहीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।
कर्णालीका लागि रोशन शाहीले ३३ र विजयी शाहीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।
लुम्बिनीका लागि शुभम खनालले तीन तथा लक्ष्मण कुमाल, प्रिन्स पाल र चन्द्र थापाले समान दुई विकेट लिए ।