जेष्ठ २५, २०८२ शनिबार | ०१:१३:१८
कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे

कर्णाली लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । कर्णाली  प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

विरेन्द्रनगर क्रिकेट मैदानमा बिहीबार कर्णालीले बागमती प्रदेशविरुद्ध तीन विकेटको जित निकाल्यो ।

जितसँगै कर्णालीले तीन खेलमा चार अंक जोडेको छ । पहिलो हार बेहोरेको बागमतीको दुई खेलबाट दुई अंक छ ।

यसअघि मधेशसँग पराजित कर्णालीले सुदूरपश्चिमलाई हराएको थियो । बागमतीले कोशीविरुद्ध जित दर्ता गरेको थियो ।

बागमतीले प्रस्तुत गरेको २३९ रनको लक्ष्य कर्णालीले ३९ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

कर्णालीका लागि रोशन शाहीले ६५ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरे । यसैगरी भुपेन्द्रजंग शाहीले ५० बलमा सात चौका र तीन छक्कासहित ६७, कस्तुप खड्काले ३९, विजय बोहराले १४ र नमनसिंह थापाले १३ रन बनाए ।

बागमतीका लागि रोमन भट्टराई र कप्तान प्रसिद्ध जैसीले समान दुई तथा राजेश बोहरा, राहित ठाकुर र कमल शाहीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २३८ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि जोय थापाले १०१ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी  शिवशक्ति महतोले ४६, सूर्यान्शु कोइरालाले ४०, राजेश बोहराले १८, प्रसिद्ध जैसीले १६, रोहित ठाकुरले १३ र कमल शाहीले अविजित ११ रन बनाए ।

कर्णालीका लागि कैलाश खड्काले चार, रोशन शाहीले तीन, कप्तान विपिनप्रसाद शर्माले दुई र विजय बोहराले एक विकेट लिए ।

कालिञ्चोक क्रिकेट मैदानमा बिहीबारै सम्पन्न  कोशीले लुम्बिनीविरुद्ध २१ रनको जित दर्ता गर्यो ।


भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross