काठमाडौं । मधेश प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ । विरेन्द्रनगर क्रिकेट मैदानमा शुक्रबार मधेशलाई सुदूरपश्चिम प्रदेशले निरास बनयो ।
पहिलाे जितसँगै सुदूरपश्चिमले तीन खेलमा दुई अंक जाेडेकाे छ । मधेशको सामान खेलबाट चार अंक छ ।
मधेशले प्रस्तुत गरेको ८७ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि विक्रम बोहराले ४३ र आयुश चन्दले ३४ रन बनाए ।
मधेशका लागि नुमइर अहमद र शेख अर्मानले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि राजीवकुमार सादले अविजित २०, कप्तान परिमार्जन यादवले ११ र नुमइर अहमदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि सुशील रावलले सात ओभरमा एक मेडनसहित ३४ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कप्तान सचिन भट्टले तीन र रितेश विष्टले दुई विकेट हात पारे ।