काठमाडौं । फिफा विश्वकप एसिया छनोटमा घरेलु टोली अस्ट्रेलियाले जापानविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ । अस्ट्रेलियाले १६ वर्षपछि जापानलाई हराएको हो ।
जितसँगै १९ खेलमा १६ अंक जोडेको अस्ट्रेलिया समूह ‘सी’ को तेस्रो स्थानमा छ । हार बेहोरे पनि विश्वकपमा छनोट भइसकेको जापान २० अंकका साथ शीर्ष स्थानमा कायम छ ।
पर्थ स्टेडियममा बिहीबार राति अस्ट्रेलियालाई जित दिलाउन अजिज बेहिचले निर्णायक गोल गरे। उनले ९०औं मिनेटमा राइली म्याक्ग्रीले दायाँ विङबाट उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।
अब अस्ट्रेलियालाई विश्वकपमा स्थान सुनिश्चित गर्न आफ्नो अन्तिम खेलमा साउदी अरेवियासँग बराबरी वा झिनो अन्तरको हार पनि पर्याप्त हुनेछ । बिहीबारै सम्पन्न खेलमा साउदीले बहराइनलाई २-० ले पराजित गरेको थियो ।
भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross