माघ ४, २०८२ आइतबार | ०१:१६:२३
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

सद्भाव आचार्य च्याम्पियन

सद्भाव आचार्यलाई ट्रफी प्रदान गरिदै, तस्विरः राखेप ।

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपकाे ११औं संस्करणमा च्याम्पियन बनेका छन् ।

नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सद्भावले पहिलो पटक यो उपाधि जिते ।

गोकर्ण गल्फ क्लबमा सद्भावले प्रतियोगितामा अन्तिम दिन बिहीबार २-अन्डर ७० खेल्दै समग्रमा २०–अन्डर १९६ को स्कोर खडा गरे । उनले ५४-होलमा १८-अन्डरको कूल रेकर्ड समेत तोडे ।

सद्भाव यो प्रतियोगितामा दोहोरो उपाधि जित्न सफल रहे । उनले राहुलसँग मिलेर टिम स्पर्धामा पनि स्वर्ण जिते । सद्भावले बुधबार १२-अन्डर ६० खेल्दै गोकर्णको कोर्स रेकर्ड पनि तोडेका थिए ।

नेपालका राहुल र भारतका सुमित कोटवालले समान १०-अन्डर २६ को स्कोर बनाए । तर काउन्ट ब्याकको अधारमा राहुल दोस्रो र सुमित तेस्रो भए । राहुलले राहुलले आज ४-अन्डर ६८ तथा सुमितले इभन-पार ७२ खेले ।

आठ स्ट्रोकको सानदार अग्रतामा अन्तिम दिनको सुरुवातत गरेका सद्भावले पहिलो र नवौं होलमा बर्डी प्रहार गरे। तर दोस्रो, पाँचौं र छैटौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३७ खेले । ब्याक नाइनमा भने तीन बर्डीको सफलता प्राप्त गरे। १०, १४ र १५औं होलमा एक/एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।

राहुलले आज तेस्रो होलको बर्डीकाविरुद्ध छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए । ब्याक नाइनमा राहुलले चार होलमा प्रहार गरेको बर्डीले दोस्रो भए । उनले ११ देखि १३औं होलमा लगातार तीन र १५औं होलमा पनि बर्डी प्रहार गरे ।  ब्याक नाइन ४-अन्डर ३२ मा सकाए

सुमितले दिनको सुरुवात बोगीबाट गरे । यसपछि तेस्रो, चौथों र नवौं होलमा एक–एक सट बचाएसँगै उनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । १२औं होलमा बर्डी प्रहार गर्दा १३औं होलमा एक सट खेर फाले । अन्तिम होलको डबल बोगीले ब्याक नाइन २-ओभर ३८ खेले ।

प्रतियोगिताका विजेतालगायत, तस्विरः राखेप । 

महिलातर्फ भारतकी अनन्थी विवेकले समग्रमा इभन-पार २१६ सहित उपाधि जितिन् । उनले भारतकी दिया क्रिस कुमारलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । आज उनले ३-ओभर ७५ स्कोर गरिन् ।

दियाले समग्रमा १९-ओभर २ सय ३५ सहित दियाले दोस्रो स्थानमा चित बुझाइन् । उनले आज ८-ओभर ८० खेलिन् । नेपालकी तारा कार्की चित्रकार तेस्रो स्थानमा रहिन् । उनले समग्रमा २५४ स्कोर गरिन् । आज ९१ स्कोर बनाएकी थिइन् ।

यु-१६ तर्फ भारतका भिभान उभयाकरले उपाधि जिते । उनले समग्रमा १-अन्डर २१५ स्कोर गरे ।

आज २-अन्डर ७० स्कोर गर्दा उनले भारतका प्रिन्स बैंस्लालाई ६ स्ट्रोकले पछि पारे। भिभानले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

प्रिन्सले आज इभन-पार ७२ खेल्दऔ समग्रमा ५-ओभर २२१ स्कोर गरे । नेपालका रुबेन थापा समग्रमा १३-ओभर २२९ सहित तेस्रो भए । उनले आज ४-ओभर ७६ मा सकाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ,  कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले,  उपाध्यक्ष फुर्साङ लामा र संघका सदस्य रतन टण्डनले पुरस्कार वितरण गरे ।

तीन दिने ५४-होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलालादेश, भुटान, श्रीलंका र भारत गरि पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता  थियो ।

यो प्रतियोगितालाई वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) ले मान्यता दिएको प्रतियोगिता हो । यसमा प्रतियोगितामा सहभागी खेलाडीले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate