वैशाख २८, २०८२ आइतबार | २१:४०:१४
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै

भारोत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, पुलिसकी विद्याको कीर्तिमान

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेको छ ।

पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा निसा बलालले सफलता पाएपछि एपिएफले जारी नवौंमा भारोत्तोलनतर्फ पहिलो स्वर्ण जितेको हो । उनले स्न्याचमा ६२ केजी र क्लिन एन्ड जर्कमा ७७ केजी गरी कुल एक सय ३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किँंदा जारी खेलकुदमा भारोत्तोलनतर्पm एपिएफ मंगलबारसम्म ३ रजत र २ कास्यमा सीमित थियो ।

तर, बुधबार एपिएफले स्वर्ण जित्दै पदकतालिकामा कुल पदक संख्या ६ पुर्याएको छ । पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ केजी र क्लिन एन्ड जर्कमा ७४ केजी गरी कुल १३७ केजी भार वहन गर्दै रजत जितिन् । आर्मीकी अस्मिता राई भने कांस्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ केजी र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाइन् ।

बुधबारकै अर्को खेलमा पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजी माथि तौलसमूहमा उनले स्न्याचतर्फ ७६ केजी र क्लिन एन्ड जर्कमा ८८ केजी गरी कुल १६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यस अघि ७५ केजीको कीर्तिमान थियो । बुधबार विद्याले एक केजी बढी भार वहन गर्दै कीर्तिमान रचेकी हुन् ।

यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कांस्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० केजी र क्लिन एन्ड जर्कमा ५३ केजी गरी कुल ९३ केजी भार वहन गरिन् । सिन्जलले स्न्याचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५० केजीसहित कुल ९० केजीको भार उठाइन् । गण्डकीले यस अघि रजत जितेको थियो । कुल २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धा बुधबारदेखि सकिदै छ । हालसम्म १६ स्वर्णको टुंगो लागेकोमा नेपाल पुलिसले ९, आर्मीले चार, सुदूरपश्चिमले दुई स्वर्ण र एपिएफले एक स्वर्ण जितेका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP