वैशाख २८, २०८२ आइतबार | २१:३७:५५
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै

भारोत्तोलन: पुरुष ८१ केजीमा कीर्तिमानसहित विकाशले जिते स्वर्ण

पोखरा । नेपाल पुलिस क्लबका खेलाडी विकाश थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजी तौलसमूहका क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरास्थित उद्योग वाणिज्य संघको हलमा मंगलबार पहिलो पटक १ सय ३५ केजी उठाउन असफल रहेका उनले दोस्रो पटक १ सय ३५ केजी नै उठाएका थिए । तेस्रो पटकमा १ सय ३९ केजी उठाएका उनले कीर्तिमानसहित स्वर्ण पदक जिते ।

मधेस प्रदेशका राजगुरु यादवले रजत तथा सुदूर पश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य पदक जिते ।

यसअघि क्लिन एन्ड जर्कतर्फको कीर्तिमान विकाश भट्टको नाममा थियो । कीर्तिमानी स्वर्ण जितेका विकाशले घाइते भएकाले कीर्तिमानका लागि भन्दा पनि स्वर्णका लागि मात्रै कोसिस गरेको प्रतिक्रिया दिए ।

‘म केही समयअघि घाइते भएकाले लयमा फर्किने कोसिसमा छु,’ उनले भने, ‘त्यसैले स्वर्ण पदकका लागि मात्रै प्रयास गरेको थिएँ । तर, खेल सोचेको भन्दा पनि राम्रो भयो ।’

राष्ट्रिय खेलकुदमा जितेको स्वर्ण पदकले खेलाडीका लागि धेरै महत्त्व राख्ने बताउँदै जितबाट अत्यन्तै खुशी भएको प्रतिक्रिया दिए ।

यसअघि मंगलबार नै भएको महिला ७१ केजी तौल समूहमा पनि पुलिसकै जुनुमाया छन्त्यालले कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP