सञ्जु चौधरी

सञ्जुलाई अन्तिम श्रद्धान्जली

काठमाडौं । १३औं सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ । चौधरीले सागमा नेपालका लागि भारोत्तोलनमा स्वर्ण पदक दिलाएकी थिइन् ।

स्व. चौधरीको शवमा सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली व्यक्त गरे । राखेपका विभागीय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको शवमा अविर तथा फुलमालाले श्रद्धान्जली अर्पण गरेका थिए ।

बर्दिया निवासी स्व. चौधरीको शव आजै उनको घर लगिने संघले जनाएको छ ।