सन्जु चाैधरी

भारोत्तोलन खेलाडी सन्जु मृत फेला

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी झुन्डिएकाे अवस्थामा मृत फेला गरेकी छिन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार विहान मृत अवस्थामा फेला पारिएको हो ।

चौधरीले सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । चौधरी नेपाललाई सागमा भारोत्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् ।

२३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । चौधरी छनोटमा सहभागी १६ जनामध्येबाट छानिएकी थिइन् ।