सेरेना विलियम्स

सेरेना विलियम्सद्वारा सन्यासको घोषणा

न्युर्योक । चर्चित टेनिस स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छिन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् ।

उनले मंगलबार युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।

४० वर्षीय अमेरिकी खेलाडी सेरेनाले लेखेकी छिन्, ‘मलाई संन्यास शब्द कहिल्यै मन परेन । यो मेरोलागि आधुनिक शब्दजस्तो लाग्दैन । तर, यसपटक म यो शब्दलाई कसरी प्रयोग गर्ने भन्नेबारे संवेदनशिल हुन चाहन्छु । सायद म जे गर्न जादैछु त्यसको वर्णन गर्न यो सबैभन्दा राम्रो शब्द विकाश हो । मैले टेनिसको आनन्द लिइरहे । तर, अब उल्टो गन्ती सुरु भएको छ । मलाई एक आमा भएको र आफ्नो आध्यात्मिक लक्ष्यसाथ एक अलग सेरेनाको खोजमा केन्द्रित हुनु छ ।’

हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।

पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी सेरेनाले हालसम्म २३ ग्रान्डस्लामको जितेकी छिन् ।