टेनिस

सुनिरालाई रजत पदक

काठमाडौं। नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय  यु १८ जुनियर टेनिस प्रतियोगिताको महिला युगलतर्फ शुक्रबार रजत पदक जितेकी छन् ।

बंगलादेशको राजशाहीमा भएकोफाइनलमा भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीले सुनिरा र श्रीलंकाकी दिनेथ्या धर्मरत्नेको जोडीलाई ७–५ र ७–६ को सेटमा पराजित गरे । प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो ।

यसअघि बंगलादेशको ढाकामा दिनअघि सम्पन्न विश्व टेनिस टुर जुनियर, जिआर ५ को महिला एकलमा पनि सुनिराले नेपाललाई रजत दिलाएकी थिइन् ।