फ्रेन्च ओपन

स्वायटेक सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक फ्रेन्च ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल प्रवेश गरेकी छन् ।

पोलिस स्टार स्वायटेकले क्वार्टरफाइनलमा अमेरिकाकी कोको गौफलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

स्वायटेकले खेल ६-४, ६-२ ले आफ्नो पक्षमा पारेकी हुन् ।

स्वायटेकले फाइनल प्रवेशका लागि ब्राजिलकी बिट्रिज हद्दाद माइयाको सामना गर्नेछिन् । माइयाले ट्युनिसियाकी ओन्स जाबेउरलाई ३-६, ७-६ ( ७-५) र ६-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।