फ्रेन्च ओपन

सहज जित निकाल्दै जाबेउर क्वार्टरफाइनलमा

काठमाडाैं । ट्युनिसियाकी ओन्स जाबेउर फ्रेन्च ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेकी छन्।

सातौं वरीयताकी जाबेउरले चौथौ चरणमा अमेरिकाकी बर्नार्डा पेरालाई २-० को सोझो सेटमा पराजित गरिन्।

जाबेउरले खेल ६-३ ६-१ ले आफ्नो पक्षमा पारेकी हुन्।