
काठमाडाैं । विश्व नम्बर एक कार्लोस अल्कारेज फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
स्पेनिस स्टार अल्कारेजले चौथो चरणको खेलमा इटालीका लोरेन्जो मुसेट्टीलाई ३-० को सोझो सेटमा पराजित गरे ।
अल्कारेजले खेल ६-३, ६-२ र ६-२ ले आफ्नो पक्षमा पारेका हुन् ।
अल्कारेजले सेमिफाइनल प्रवेशका लागि पाँचौं वरीयताका स्टेफानाेस सिसिपासको सामना गर्नेछन् । ग्रिस स्टार सिसिपासले अस्ट्रिया सेबास्टियन ओफ्नरलाई ७-५, ६-३ र ६-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।