फ्रेन्च ओपन

जोकोभिच र अल्कारेज चौथो चरणमा

काठमाडौं। सर्बियन स्टार नोभाक जोकोभिच तथा विश्व नम्बर एक कार्लोस अल्कारेज फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।  

पेरिसमा शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा जोकोभिचले स्पेनका अलेजान्ड्रो डेभिडोभिच फोकिनालाई ३-० को सोझो सेटमा पारजित गरे ।

तेस्रो वरीयताका जोकोभिचले खेल ७-६ (७-४) ७९६ (७-५) र ६-२ ले हराए ले आफ्नो पक्षमा पारेका थिए ।

जोकोभिचले क्वार्टरफाइनल प्रवेशका लागि पेरुका जुआन पाब्लो वरिलसको सामना गर्नेछन् । वरिलस पोल्यान्डका ह्युबर्ट हुर्काक्जलाई ३-६, ६-३, ७-६(७-३) ४-६, र ६-२ ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएका हुन् ।

स्पेनिस स्टार अल्कारेजले क्यानाडाका डेनिस शपोभालोभलाई ३-० को सोझो सेटमा हराए । अल्कारेजले खेल ६-१,६-४ र ६-२ ले आफ्नो पक्षमा पारे ।  

अल्कारेजले क्वार्टरफाइनल प्रवेशका लागि इटालीका लोरेन्जो मुसेट्टीको सामना गर्नेछन् । मुसेट्टीले इङ्ल्यान्डका क्यामरुन नोरीलाई ६-१,६-२ र ६-४ ले पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेका हुन् ।