फ्रेन्च ओपन

जोकोभिच र अल्कारेज तेस्रो चरणमा

काठमाडौं । सर्बियन  स्टार नोभाक जोकोभिच तथा विश्ज नम्बर एक कार्लोस अल्कारेज फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।  

पेरिसमा बुधबार राति सम्मपन्न दोस्रो चरणको खेलमा जोकोभिचले हंगेरीका मार्टोन फुच्सोविचेसलाई ३-० को सोझो सेटमा पारजित गरे ।

तेस्रो वरीयताका जोकोभिचले खेल ७-६ (७-२), ६-० र ६-३ ले आफ्नो पक्षमा पारेका थिए ।

२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा छन् । जोकोभिक दुई पटकका फ्रेन्च ओपन च्याम्पियन हुन् ।

जोकोभिचले तेस्रो चरणमा स्पेनका अलेजान्द्रो फोकिनाको सामना गर्नेछन् । फाकिनाले फ्रान्सका लुका भान एस्चेलाई ६-४, ६-३ र ७-६ (८-६) ले पारजित गर्दै तेस्रो चरणमा स्थान बनाएका थिए ।

स्पेनिस स्टार अल्कारेजले जापानका टारो डानिललाई ३-१ को सेटमा पराजित गरे ।

अल्करेजले खेल ६-१, ३-६, ६-१ र ६-२ ले आफ्नो पक्षमा पारेका हुन् ।

अल्कारेजले तेस्रो चरणमा क्यानाडाका डेनिस शपोभालोभको सामना गर्नेछन् । शपोभालोभले इटालीका माटियो अर्नाल्डीलाई ६-२, ३-६, ६-३ र ६-३ ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका हुन् ।