डेभिस कप

डेभिस कपका लागि चार खेलाडी छनोट

सांकेतिक तस्बिर

काठमाडौं ।  डेभिस कप टेनिस प्रतियोगिताका लागि नेपालबाट  चार  खेलाडी छनोट भएका छन् ।

 आगामी अक्टोबर २३ देखि २८ सम्म बहराइनमा हुने डेभिस कपका लागि चार पुरुष खेलाडी छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाए ।

प्रतियोगिताका लागि अभिषेक बाँस्तोला, प्रदीप खड्का, अकी जुवेन रावत र ऋतिक राणा  छनोट भएका  हुन् ।

बिली जिन कपका लागि महिला खेलाडीको छनोट  जुनको तेश्रो साता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा गर्ने सचिव देवकोटाले जानकारी गराए ।