वैशाख २६, २०८२ शुक्रबार | ०९:२९:२१
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

भुवनको अग्रता

काठमाडौ । नेपालका नम्बर एक प्रोफेसनल गल्फर भूवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा दोस्रो दिन रवि खड्कामाथि एक स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन् ।

पार-६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार दोस्रो दिन एक अन्डर ७६ को स्कोर कार्ड बनाएपछि भूवनले अग्रता लिएका हुन् ।

सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत काठमाडौं ओपनमा कुल ३६ होलको खेल समाप्तिमा भूवनले कुल ६ अन्डर एक सय  ३० को स्कोर बटुल्दै शीर्षता कायम गरे । दोस्रो दिन रविले पनि एक अन्डर ६७ स्कोर जोडे पनि दोस्रो स्थानमा खुम्चिए ।

 एमेच्योर गल्फर सुवास तामाङले दोस्रो दिन ठूलो फड्को मारे । पहिलो दिन आठौं स्थानमा रहेका सुवास दोस्रो दिनको खेल सकिँदा तेस्रो स्थानमा उक्लिए । उनी चार अन्डर एक सय ३२ को स्कोर बटुल्दै जयराम श्रेष्ठसँग संयुक्त रूपमा तेस्रो स्थानमा छन् । 

१३औं सागका दोहोरो स्वर्ण विजेता सुवासले दोस्रो दिन चार अन्डर ६४ को यादगार प्रदर्शन गरेपछि वरीयतामा ठूलो फड्को मारेका हुन् । अघिल्लो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका जयराम र कुमार कामीले भने मंगलबार बिर्सनलायक प्रदर्शन गरे ।

जयरामले दुई ओभर ७० र कुमारले चार ओभर ७२ को खराब प्रदर्शन गरे । पहिलो दिन भने सूर्य र कुमारले ६ अन्डर ६२ को सानदार सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन् । कुमारसहित दिनेश प्रजापति र सन्जय लामा चौथो स्थानमा खुम्चिए । यी तीनै दुई अन्डर १३६ को कार्डमा छन् । 
धनबहादुर थापा (६९) इभन पार १३६ रहँदा सातौं स्थानमा उक्लिए । शुक्रबहादुर राई (६८) उनीभन्दा एक स्ट्रोकले पछाडि छन् ।

भूवनकुमार रोक्का (७५) कुल १३७ स्कोरका साथ नवौं स्थानमा रहँदा रमेश अधिकारी र कृष्णमान राजवाहक दशौं स्थानमा छन् । एमेच्योरतर्पm सुवास तामाङले मेजर निश्चयजंग रायमाझीमाथि १३ स्ट्रोकको अग्रता बनाएका छन् । पहिलो नाइनमा तीन अन्डर ३१ बनाएका सुवासले ब्याक नाइनमा भने एक अन्डर ३३ को प्रदर्शन गरे । चौथो होलमा इगल गरेका सुवासले सातौं होलको सट खेर फाले । त्यसबीच उनले दोस्रो र नवौं होलमा बर्डीको सफलता पाए । 

बर्डीबाट ब्याक नाइनको सुरुआत गरेका सुवासले १७औं होलमा पनि निरन्तरता दिए । तर, दिनको अन्तिम सट भने उनले खेर फाले । निश्चयजंगले भने ३६ होलको समाप्तिमा ९ ओभर १४५ को कार्ड बनाउँदा सुवासभन्दा धेरै पछाडि परेका छन् ।

 उनले दोस्रो राउन्डमा पाँच ओभरर ७३ को स्कोर बटुले । मिथुन राई तेस्रोमा रहँदा सुरेश तामाङ, महेन्द्र फगामी र विदुर तामाङ पनि अन्तिम दुई राउन्डका लागि छनोट भएका छन् ।  

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP