विध्यालय खेलकुद

रेडियन्ट कपमा क्वार्टफाइनल समिकरण पूरा

काठमाडौं । सोहन ठकुरीको चार स्कोरबाट प्रेरित स्किब्सले बिहीबार लोक आदर्शमाथि ११-२ को जित हालिस गर्दै आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७-४, युनिकले ओरेकललाई १५-२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३-८ ले हराउदै अन्तिम आठको यात्रा पक्का गरे । श्रृजनाका मिसन गोलेले चार, युनिकका सन्जित रिमालले चार र रेडिअन्टका विदान कार्कीले ८ स्कोर गरे ।

सिनियर गल्र्समा लोक आदर्शले सनसाइनलाई ४-३ तथा साविक विजेता निम्सले स्वर्णिमलाई १६-८ को नतिजामा पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । लोक आदर्शकी सम्मानिका ठकुरीले तीन तथा निम्सकी सरेना सुनवारले ६ अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले विज्डमलाई ३९-८, काठमाडौं जेभियरले हेम्सलाई ३०-२८, साविक विजेता निम्सले राइजिङ स्टारलाई ४१-६, एचएचसीएले स्वर्णिमलाई ३४-१५ र बौद्ध चिल्ड्रेन हेभनले द एक्सेल्सियरलाई ३१-१० ले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरे ।

ग्रिनफिल्डका लागि सशान्त कार्कीले २१ स्कोर गर्दा काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले ८, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापा मगरले १४ स्कोर गरे ।