काठमाडौं । नेकपा माओवादीका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हव नेपाल प्रालीको आयोजनामा पुस २५ गते देखि हुनेछ ।
ब्याडमिन्टन संघको मान्यता प्राप्त तथा वरीयता निर्धारण हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको शीर्ष २० वरीयता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आंग कुसाङ्ग शेर्पाले जानकारी गराए ।
करिव २५ लाख खर्च हुने प्रतियोगितामा विजेता, उपविजेता एवं तृतीय स्थान प्राप्त गर्नेले क्रमशः ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस हवका संचालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।
आयोकको आफ्नै कोर्टा हुने प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न हवका संचालकहरु लाक्पा शेर्पा, सनबहादुर साम्वा रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।
वरीयतासहितको राष्ट्रिय प्रतियोगिता रहेकाले ४ सयको हाराहारीमा खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।