माघ ७, २०८२ बुधबार | ०८:४८:४५
च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित

गोल्डेन एथलेटिक्स मिट माघमा

काठमाडौं ।  एथलेटिक्स परिवार नेपालको आयोजना हुने गोल्डेन एथलेटिक्स मिट माघमा हुने भएको छ ।

आयोजनकले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता माघ २० र २१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा ट्रयाक एन्ड फिल्डका २७ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत इभेन्ट्समा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ६,चार र दुई हजार रुपौयाँ प्रदान गरिनेछ ।

यसैगरी रिले दौडमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः आठ,६ र चार हजार  रुपौयाँ  प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ एक सय, दुई सय चार आठ सय,एक हजार पाँच सय,पाँच हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी फिल्डतर्फ लङ्ग जम्प,ट्रिपल जम्प,हाइ जम्प,ज्याभलिन थ्रो र सटपुट इभेन्टस सावेश गरिएको छ ।

चार गुणा एक सय मिटर दौड र चार गुणा चार सय मिटर मिक्स दौडमा पनि प्रतिस्पर्धा हुनेछ ।

आयोजनले चार गुणा चार सय मिटर मिक्स दौड नेपालमै पहिलोपटक हुन लागेको जनाएको छ ।

महिला तथ पुरुषतर्फ सर्वोत्कृष्ट र राष्ट्रिय कीर्तिमान कायम गर्नेलाई पुस्कृत गरिने यस प्रतियोगितामा तीन सय भन्दा बढीको सहभागिता रहने तथा अनुमानित बजेट १६ लाख रुपौयाँ रहेको आयोजकले बताएको छ ।

सातौं झिल्टुङग दौड माघ १४ मा 

नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौं झिल्टुडग क्रशकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते शनिवा  हुनेभएको छ।

उक्त दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी छाप,राजओडार,खड्गाछाप,सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने आयोजकले जनाकारी दिएको छ।
प्रतियोगिताको १३.५ किलोमिटर पुरुष तथा महिला विजेतालाई १५ हजार,दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष विजेताले १० हजार,दोस्रो हुनेले  सात हजार र तेस्रले पाँच हजार तथा ४.५ किलोमिटरको को खुल्ला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार,दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ प्रदान गरिने छ ।

यसैगरी स्थानीय छात्र,छात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई चार हजार र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । ४.५ किलोमिटरको ४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई चार हजार र तेस्रो हुनेलाई दुई हजार तथा १३.५ किलोमिटर खुल्ला भेट्रान खुल्ला पुरुषतर्फ विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई चार हजार रुपौयाँ प्रदान गरिने छ ।

४.५ किलामिटरको आमा समुह दौडका विजेताले १२ हजार,नौ हजार र ६ हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उक्त दौड प्रतियोगितामा करीव पाँच सय खेलाडीले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको आयोजकले बताएको छ ।

धरान १० के दौड फागुनमा

धरान १० के दौड प्रतियोतिगा फागुनको १३ गते हुने भएको छ ।एथलेटिक्स परिवार नेपालको समन्वयमा हुने प्रतियोगितामा चार हजार खेलाडीको सहभागित रहने आयोजकले बताएको छ ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate