फाल्गुन ६, २०८२ बुधबार | २०:१५:३७
पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी

गोल्डेन एथलेटिक्स मिट माघमा

काठमाडौं ।  एथलेटिक्स परिवार नेपालको आयोजना हुने गोल्डेन एथलेटिक्स मिट माघमा हुने भएको छ ।

आयोजनकले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता माघ २० र २१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा ट्रयाक एन्ड फिल्डका २७ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत इभेन्ट्समा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ६,चार र दुई हजार रुपौयाँ प्रदान गरिनेछ ।

यसैगरी रिले दौडमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः आठ,६ र चार हजार  रुपौयाँ  प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ एक सय, दुई सय चार आठ सय,एक हजार पाँच सय,पाँच हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी फिल्डतर्फ लङ्ग जम्प,ट्रिपल जम्प,हाइ जम्प,ज्याभलिन थ्रो र सटपुट इभेन्टस सावेश गरिएको छ ।

चार गुणा एक सय मिटर दौड र चार गुणा चार सय मिटर मिक्स दौडमा पनि प्रतिस्पर्धा हुनेछ ।

आयोजनले चार गुणा चार सय मिटर मिक्स दौड नेपालमै पहिलोपटक हुन लागेको जनाएको छ ।

महिला तथ पुरुषतर्फ सर्वोत्कृष्ट र राष्ट्रिय कीर्तिमान कायम गर्नेलाई पुस्कृत गरिने यस प्रतियोगितामा तीन सय भन्दा बढीको सहभागिता रहने तथा अनुमानित बजेट १६ लाख रुपौयाँ रहेको आयोजकले बताएको छ ।

सातौं झिल्टुङग दौड माघ १४ मा 

नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौं झिल्टुडग क्रशकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते शनिवा  हुनेभएको छ।

उक्त दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी छाप,राजओडार,खड्गाछाप,सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने आयोजकले जनाकारी दिएको छ।
प्रतियोगिताको १३.५ किलोमिटर पुरुष तथा महिला विजेतालाई १५ हजार,दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष विजेताले १० हजार,दोस्रो हुनेले  सात हजार र तेस्रले पाँच हजार तथा ४.५ किलोमिटरको को खुल्ला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार,दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ प्रदान गरिने छ ।

यसैगरी स्थानीय छात्र,छात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई चार हजार र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । ४.५ किलोमिटरको ४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई चार हजार र तेस्रो हुनेलाई दुई हजार तथा १३.५ किलोमिटर खुल्ला भेट्रान खुल्ला पुरुषतर्फ विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई चार हजार रुपौयाँ प्रदान गरिने छ ।

४.५ किलामिटरको आमा समुह दौडका विजेताले १२ हजार,नौ हजार र ६ हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उक्त दौड प्रतियोगितामा करीव पाँच सय खेलाडीले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको आयोजकले बताएको छ ।

धरान १० के दौड फागुनमा

धरान १० के दौड प्रतियोतिगा फागुनको १३ गते हुने भएको छ ।एथलेटिक्स परिवार नेपालको समन्वयमा हुने प्रतियोगितामा चार हजार खेलाडीको सहभागित रहने आयोजकले बताएको छ ।

 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||