काठमाडौं । विश्व कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
भारतको बिहारमा चैत ६ देखि १२ सम्म हुने प्रतियोगितामा नेपालको महिला/पुरुष दुवै टोलीले सहभागिता जनाउने छन् ।
महिला टोलीमा सात र पुरुष टोलीमा पाँच खेलाडी छन् । यस्तै व्यवस्थापकमा श्यामबहादुर श्रेष्ठ तथा प्रशिक्षकमा सीता सुवेदी छन् ।
रेफ्रीमा सोममाया थापामगर र सूर्यबहादुर लिम्बुले रेफ्री तथा नेशिर मास्केले टेक्निकल अफिसरको भूमिका निर्वाह गर्नेछन् ।
महिला टोली
सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन, निरु थापामगर, नैना रानामगर, स्वस्तिका श्रेष्ठ
पुरुष टोली
रोशन तामाङ, रविन भट्टराई, दिपेशजंग थापा, अनिल जर्गामगर, सनम पुर्जापुन
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC