काठमाडों । राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको उपाधि नेपाल प्रहरी क्लबले जितेको छ ।
शनिबार पुरुषतर्फ ६४० केजी तौलको फाइनलमा प्रहरीले नेपाली सेनालाई २-१ को सेटमा पराजित गर्याे। सेमीफाइनलमा नेपाल प्रहरीले सशस्त्र प्रहरी तथा नेपाली सेनाले मधेस प्रदेशविरुद्ध समान २-० को सोझो सेटमा जित हासिल गरेका थिए ।
यसैगरी महिला ५८० केजी तौल समूहमाको फाइनलमा प्रहरीले नेपाली सेनालाई २-१ को सेटमा हरायाे । सेमिफाइनलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई तथा नेपाली सेनाले लुम्विनी प्रदेशलाई समान २-० को सोझो सेटमा हराएका थिए ।
दुई दिने प्रतियोगितामा प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय गरि १० टोलीको सहभागिता थियो । महिलातर्फ भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका टोलीले प्रतिस्पर्धा गरेका थिए।
पुरुषतर्फको विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा महिलातर्फको विजेताले ५०, उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।