चितवन । आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ ।
भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२-७ को स्कोरले पराजित गर्यो।
निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ७-७ काे बराबरी भएको थियो। थप समयमा गोर्खालीका कप्तान यदु अधिकारीले गोल्डेन स्कोर गर्दै टोललिाई च्याम्पियन बनाए ।
सेमिफाइनलनमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १७-१२ तथा गोर्खालीले नेपाल एपिएफ क्लबलाई २९-० ले पराजित गरेका थिए ।

प्रतियोगिताको विजेता गोर्खालीले २ लाख तथा उपविजेता आर्मीले १ लाख रुपैयाँ प्राप्त गरे । नेपाली रग्बी प्रतियोगितामा यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको आयोजकले जनाएको छ ।
गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पुरस्कार वितरण गरेका थिए ।