चितवन । प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार पहिलो दिनको खेल समाप्तीसँगै आयोजक गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एपिएफले अन्तिम चारको यात्रा तय गरे ।
भरतपुरको कृष्णपुर खेल मैदानमा जारी प्रतियोगितामा लुम्विनी, मधेश प्रदेश र गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिए ।
समूह ‘ए’ बाट गोर्खाली विजेता र कर्णाली उपविजेताका रूपमा अगाडि बढे । गोर्खालीले गण्डकी प्रदेशलाई २२-० तथा कर्णाली प्रदेशलाई २२-७ स्कोरले पराजित गरेको थियो । कर्णालीले भने गण्डकी प्रदेशलाई २६-५ स्कोरले हराएको थियो ।
यस्तै समुह ‘बी’ बाट त्रिभुवन आर्मी विजेता र एपिएफ उपविजेताका रूपमा अगाडि बढे ।
आर्मीले एपिएफलाई ३४-५ तथा लुम्विनी र मधेश प्रदेशलाई समान ४३-० स्कोरले पराजित गरेको थियो । एपिएफले भने मधेश प्रदेशलाई २४-५ तथा लुम्विनी प्रदेशलाई ४५-० ले निरास बनायो ।
यस्तै मधेश प्रदेशले लुम्विनी प्रदेशलाई २४-७ ले पराजित गर्दा लुम्विनीले भने लिगको तीनवटै खेल गुमाएको थियो ।
अब शनिबार हुने सेमिफाइनलमा गोर्खालीले एपिएफ र आर्मीले कर्णालीको सामना गर्नेछन् । उपाधि भिडन्त पनि शनिबारै हुनेछ।
यसअघि प्रतियोगिताको बाग्मती प्रदेशका सासद इैश्वर सापकोटा ‘सुमन’ ले ट्रफी अनावरण गर्दै उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली रग्बी प्रतियोगितामा राखिएको यो अहिले सम्मकै सर्वाधिक पुरस्कार राशी भएको आयोजकले जनाएको छ ।