काठमाडौं । सशस्त्र प्रहरी बलले पाँच खेलाडीलाई सम्मान गरेको छ ।
सशस्त्रले खेलकुदको क्षेत्रमा पुर्याएको याेगदानकाे कदरस्वरुप फुटबलका सावित्री भण्डारी र अञ्जिला तुम्बापो सुब्बा, क्रिकेटका इन्दु बर्मा र कमलसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई ‘आइजी कमेन्डेसन’ अवार्ड प्रदान गरेको हो ।
सावित्रा र अञ्जिला राष्ट्रिय महिला टोलीका महत्वूर्ण खेलाडी हुन् । अञ्जिला कप्तानकाे जिम्मेवारीमा पनि छिन् । उनीहरू अहिले फ्रान्स र ग्रिसमा व्यावसायीक फुटबल खेलिरहेका छन् ।
यता एपिएफबाट घरेलु प्रतियोगिता खेल्ने इन्दु राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान हुन । कमल पनि एपिएफबाटै घरेलु क्रिकेट खेल्ने गछन् । उनले राष्ट्रिय टोलीको पनि प्रतिनिधित्व गरिसकेका छन् ।
पूर्व विश्व जुनियर नम्बर एक प्रिन्स दाहालले एपिएफबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् । उनले गत वर्ष सम्पन पेरिस ओलम्पिकामा पनि सहभागिता जनाएका थिए ।
सशस्त्रले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई यो अवार्ड प्रदान गर्दै आएको छ ।