काठमाडौं । राष्ट्रिय डोरी तान प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन १६ र १७ गते हुने भएको छ ।
सोमबार आयोजक नेपाल डोरी तान संघले प्रतियोगिता भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलको खेल मैदानमा आयनोजना हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ । महिलातर्फ भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ ६४० केजी र महिलातर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । महिलातर्फको स्पर्धा पहिलो पटक समावेश गरिएको हो ।
पुरुषतर्फको विजेताले १ लाख, उपविजेता टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा महिलातर्फको विजेताले ५०, उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछन् ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा समापन राष्टिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिगले गर्नेछन्।
प्रतियोगिताको अनुमानित बजेट ३१ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।