माघ ८, २०८२ बिहीबार | ०३:२२:३९
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

आफ्नो कार्यकालमा खेल क्षेत्रले फड्को मार्ने मन्त्री चौधरीको दाबी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा यसको विकास गर्न भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय रोज्ने वातावरण बनाउने लक्ष्य रहेको बताए। 

‘ मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्नेछ । म खेलाडीलाई निर्धाक्क भएर खेल्ने वातावरण बनाउने प्रयासमा छु,’ मन्त्री चौधरीले भने, ‘अहिले कोही पनि खेलकुद मन्त्रालयमा आउन चाहँदैनन् । तर, आफ्नो कार्यकालमा यो मन्त्रालयलाई आगामी दिनमा सबैको रोजाइमा पर्ने मन्त्रालय बनाएर बाहिरिने छु ।’

त्रिपुरेश्वरस्थित मञ्चमा नै आयोजित कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीगायतले मन्त्री चौधरीलाई स्वगत गर्दै बदाइ दिएका थिए । 

सो अवसरमा मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । 

यसैगरी मन्त्री चौधरीले एउटै मानिस जहिल्यै एउटै बसिरहनु राम्रो संकेत नभएको ठाउँ रहेको धारणा राखे ।

‘खेलाडी समस्यामा भए पनि खेल संघहरु भने आपसी विवादमै अल्झिएर छन् । कतिपय संघका पदाधिकारी त ४० वर्षदेखि एउटै खेलकुद संघ ओगटेर बसेका छन् । अब छिट्टै यस्तो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने ।

मन्त्री चौधरीले अघिल्ला कार्यकालका मन्त्रीहरूले गरेका राम्रा कामलाई निरन्तरता दिइने पनि बताए । मन्त्री चौधरीले आगामी १०औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुने गरी  काम भैरहेको प्रष्ट पारेका छन् ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate