चैत्र १९, २०८१ मंगलबार | ०६:१३:३२
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

आफ्नो कार्यकालमा खेल क्षेत्रले फड्को मार्ने मन्त्री चौधरीको दाबी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा यसको विकास गर्न भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय रोज्ने वातावरण बनाउने लक्ष्य रहेको बताए। 

‘ मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्नेछ । म खेलाडीलाई निर्धाक्क भएर खेल्ने वातावरण बनाउने प्रयासमा छु,’ मन्त्री चौधरीले भने, ‘अहिले कोही पनि खेलकुद मन्त्रालयमा आउन चाहँदैनन् । तर, आफ्नो कार्यकालमा यो मन्त्रालयलाई आगामी दिनमा सबैको रोजाइमा पर्ने मन्त्रालय बनाएर बाहिरिने छु ।’

त्रिपुरेश्वरस्थित मञ्चमा नै आयोजित कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीगायतले मन्त्री चौधरीलाई स्वगत गर्दै बदाइ दिएका थिए । 

सो अवसरमा मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । 

यसैगरी मन्त्री चौधरीले एउटै मानिस जहिल्यै एउटै बसिरहनु राम्रो संकेत नभएको ठाउँ रहेको धारणा राखे ।

‘खेलाडी समस्यामा भए पनि खेल संघहरु भने आपसी विवादमै अल्झिएर छन् । कतिपय संघका पदाधिकारी त ४० वर्षदेखि एउटै खेलकुद संघ ओगटेर बसेका छन् । अब छिट्टै यस्तो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने ।

मन्त्री चौधरीले अघिल्ला कार्यकालका मन्त्रीहरूले गरेका राम्रा कामलाई निरन्तरता दिइने पनि बताए । मन्त्री चौधरीले आगामी १०औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुने गरी  काम भैरहेको प्रष्ट पारेका छन् ।

 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC