श्रावण २९, २०८२ बिहीबार | १७:०२:११
हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर

एसिया यू-२० रग्बीः पहिलो दिन नेपाल जितविहिन

काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको एसिया यू-२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको पहिलो दिन नेपाल जितविहन बनेको छ ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालले पुरुष तथा महिलातर्फ समान तीन खेल खेलेको थियो ।

पुरुषतर्फ समूह ‘बी’ को  नेपालले भारतसँग २८-०, मलेसियासँग ४४-० र हङकङसँग ३६-० को पराजय ब्यहोरेको थियो । योसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको छ । 

पुरुषतर्फका अन्य खेलमा हङकङले मलेसियालाई  २६-५, चाइनिज ताइपेइले थाइल्यान्डलाई १९-१२, भारतले हङकङलाई २२-२१,थाइल्यान्डले उज्वेकिस्तानलाई १४-१२,  मलेसियाले भारतलाई २७-७ र चाइनिज ताइपेइले उज्वेकिस्तानलाई ३६-१० ले पराजित गरे । यस्तै उज्वेकिस्तान, थाइल्यान्ड र चाइनिज ताइपेइले एक खेलमा वाकओभर पाए ।

नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ ।

महिलातर्फ नेपालले हङकङसँग ३५-५, मलेसियासँग २४-० र थाइल्यान्डसँग ४५-० को हार ब्यहोरेको थियो । महिलातर्फका अन्य खेलमा थाइल्यान्डले मलेसियालाई १७-७, हङकङले थाइल्यान्डलाई १२-७ र मलेसियालाई १९-१६ ले पराजित गरे ।

नेपालले आइतबार यी तीनै राष्ट्रसँग फेरि खेल्नेछ । 

 प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गरेका थिए । उद्घाटन समारोहमा एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा लगायतलको उपस्थिति थियो । 

 


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video